back to top
11.1 C
Kathmandu
Tuesday, December 24, 2024

बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु

चितवनको भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा गयराती बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस राती करिब ३ बजेको समयमा एक–आपसमा ठोक्किएका हुन् । दुर्घटनामा चार जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भेसराज रिजालले जानकारी दिए ।

हायसमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय