back to top
17.1 C
Kathmandu
Monday, December 23, 2024

बोक्सी अन्धविश्वासविरुद्ध कथावस्तुमा निर्माण भएको चलचित्र ‘अग्निदहन’ को बिहीबार ट्रेलर सार्वजनिक

पोखरा । बोक्सी अन्धविश्वासविरुद्ध कथावस्तुमा निर्माण भएको चलचित्र ‘अग्निदहन’ को बिहीबार ट्रेलर सार्वजनिक गरिएको छ। पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर ट्रेलर सार्वजनिक भएको हो ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको यो चलचित्र मंसिर ७ गतेबाट देशभर रिलिज हुँदैछ।

चलचित्र लई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। निर्देशक लामिछाने एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताउँछन्। चलचित्र मार्फत दर्शकले मनोरञ्जन साथै शिक्षा पाउने उनले बताए । सामाजिक कथामा बनेको चलचित्र भएकोले सफल हुने उनको विश्वास छ ।

चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले फिल्मलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए। उनका अनुसार चलचित्र अङ्ग्रेजी भाषामा पनि सबटाइटल गरिएको छ भने हिन्दी भाषामा समेत डबिङ तयारी गरिएको छ । उनले समाजमा विषयमा बोक्सी छैन भन्ने सन्देश दिनका चलचित्र निर्माण गरिएको बताए ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बाँस्तोला, ताराबहादुर गुरुङको अभिनय हेर्न पाइन्छ।

चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन छ।

यो चलचित्रलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो। बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गराएर छोड्ने अठोटका साथ २०७१ सालमा प्रतिष्ठान स्थापना भएको थियो । यसअघि झण्डै ५ सय विशेष सो मार्फत विभिन्न ठाउँमा यो चलचित्र प्रदर्शन भएको थियो ।

चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रकर्मीहरू शिवजी लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, प्रमिला तुलाचन, तुलसी क्षेत्री, मोहनराज पौडेल लगायतले चलचित्र अग्निदहनका बारेमा बोलेका थिए । चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका कार्यबहाक अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय