back to top
14.1 C
Kathmandu
Tuesday, December 24, 2024

भुटानी शरणार्थी प्रकरणमा केपी शर्मा ओली, शेरबहादुर देउवा , आरजु राणा देउवा लगायतविरुद्ध अख्तियार दुरुपयोग उजुरी

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरु मुछिएको भए पनि अनुसन्धान नभएको भन्दै भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् ।

अधिवक्तासमेत रहेका युवराज पौडेल सफलले अख्तियारमा भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणासहित नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा’बादल’, कांग्रेस नेतृ मन्जु खाँण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर र प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

प्रधानमन्त्री ओली लगायतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको भन्दै उनीहरुको संलग्नता देखिएको आरोपपत्रमा उल्लेख छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय