कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।
विश्वविद्यालयले आज एक सूचना जारी गर्दै १० दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।
उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ ।
उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ । आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिने सर्च कमिटीले जनाएको छ ।
प्रा.डा. पुण्यप्रसाद रेग्मीको चार वर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि हाल उपकुलपति पद रिक्त छ ।
उपकुलपतिको दाबेदारको रुपमा विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा. शारदा थपलिया, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा. सूर्यकान्त घिमिरे, प्रा.डा. पुष्कर दाहाल लगायत छन् ।