तिहारपछिको पहिलो शेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । मंलगबार नेप्से ०.२५ अंकले घटेर २६७७ को विन्दुमा कायम रहेको छ। आज ४७ हजार ५ सय १५ पटक शेयर कारोबार हुँदा ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेमा रहेका १३ वटा समुहमध्ये ७ वटा समुह बढेको छ भने ६ वटा समुह घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समुह १.०६ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा बढी घट्नेमा बैकिङ समुह रहेको छ । यस समुह ०.८१ प्रतिशतले घटेको छ ।
११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ ।