back to top
12.1 C
Kathmandu
Monday, December 23, 2024

कीर्तिपुर नगरपालिका मेयर पदका लागि राजमान मानवको उम्मेद्बारी

रमेश लुइँटेल, कार्तिक १८ काठमाडौ/नेवा: लहना विश्व सरसफाई अभियानका संस्थापक समेत रहेका राजमान मानव विगत २० वर्षदेखि निरन्तर रुपमा आफ्नो अभियानमा लागि परिरहेका छन । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म देशको कुनाकुनामा पुगेर सरसफाई गर्न व्यस्त हुन्छन् मानव देश बिदेशमा पुगेर कुना कुनामा सरसफाइ गर्न भ्याएका छन । पछिल्लो समयमा कीर्तिपुर नगरपालिका क्षेत्रमा उपनिर्वाचन हुन गइरहेको छ। उक्त उपनिर्वाचनमा राजमान मानवले पनि स्वतन्त्रबाट मेयर पदको लागि उम्मेद्बारी दिएका छन् । उनी भन्छन् कीर्तिपुरलाई संसारकै नमुना सांस्कृतिक सहरको रुपमा विकास गर्ने ३० देखि ५० प्रतिशत करलाई पूर्ण रुपमा छुट गराउने अथवा स्वास्थ्यलाई निःशुल्क गर्ने उनले प्रतिबद्धता पत्रमा पनि जाहेर गरेका छन् ।

राजमान मानव एक यस्ता व्यक्ति हुन् जसले बिना स्वार्थ सामाजिक काम विगत दुई दशक यता गर्दै आइरहेका छन् । अनवरत रूपमा वर्षको ३६५ दिन नै सरसफाईमा व्यस्त रहने गरेको राजमान मानव बताउँछन् । कीर्तिपुरलाई सांस्कृतिक सहरको रुपमा विकास गरेर संसारलाई देखाउने उनको सपना रहेको छ । उक्त सपना पुरा गर्न अनवरत रुपमा लागि पर्ने उनको प्रतिबद्धता छ । कीर्तिपुरलाई मोडेलको रूपमा अगाडि लैजाने र देशको ७५३ स्थानीय तहमै यसरी नै विकास गर्नुपर्छ भनेर शिक्षा समेत दिने उनको सोच रहेको छ । नेपालको बर्तमान समय देशको राजनीतिक अवस्था देखेर जनताहरू पूर्ण रुपमा आक्रोश भएको र जनताले अब यी व्यक्तिहरुबाट विकास हुन्छ भन्ने कुरामा विश्वास नरहेको कुरा पनि मानवले बताएका छन् । अहिलेको लिडरसिप फेल भइसकेको र नेताहरुले व्यवस्थालाई राम्रोसँग बुझ्न नसकेको उनको तर्क छ

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय