रमेश लुइँटेल, कात्तिक ११ काठमाडौ / हामीले ठगिएको कयौ घटनाहरु सुन्दै हेर्दै र पढ्दै आएका छांै । ठगी धन्दा आफैमा अपराध हो यसै बीचमा त्रिपुरेश्वरस्थित उद्योग विभागमा पनि यस्तै घट्ना घट्ने क्रम बढ्दो मात्रामा देखिएको छ ।
कम्पनी दर्ता गर्न होस वा नविकरण गर्न जुन सुकै काम लिएर जाँदा कार्यलको अगाडी केही व्यक्तिहरु हातमा सेतो फाइल वा पेपर लिएर उभिएका हुन्छन र सेवाग्राहीको नजिक कानको छेउमा आएर सोध्ने गर्छन् के तपाईंको काम गर्दिनु पर्ने हो ? के गर्नु पर्ने हो मलाई भन्नुस म गर्दिन्छु भन्दै सोधपुछ गर्ने गर्दछन यदि काम गर्दिनुस भनेर कसैले भन्यो भने यिनीहरु रेट सुरु हुन्छ । कति मा गर्दिनु हुन्छ ? मिलाएर दिनुस न १०÷१५ हजार अथवा कामको प्रकृति हेरेर लिने गर्दछ्न भने यौटा निवेदन लेख्नु पर्यो भने १५०० लिने गरेको पाइएको छ ।
यस्तै रकम लिने काम गर्दा गर्दै एक व्यक्तिले २० लाख रकम लिन भ्याएछ्न । क्षेत्रपार्टी घर भएका न्युरोडको इन्द्रचोकमा कपडा होलसेल गर्दै आएका एक व्यक्ति ठगिन पुगेका छन । उदयपुरको गाइघाट घर भएका नयाँ बानेश्वर बसोबास गर्दै आएका पशुपति पोखरेल नाम गरेका एक दलालले २० लाख रकम ठगेको आरोप व्यवसायी मोहम्मद जिमले बताएका छन् । उक्त व्यवसायीलाई यसैगरी कम्पनी दर्ता गरिदिने अनि लोनको सबै प्रक्रिया मिलाइदिने प्रलोभनमा पारी नयाँ कमपनी दर्ता गराइ यति लाग्छ त्यति लाग्छ भन्दै २० हजार, ५० हजार बारम्बार माग्ने कहिले उदयपुर जानू पर्छ भन्ने सँगै लैजाने खाने बस्ने सबै पैसा तिर्न लगाउने जस्ता अपराधीक गतिविधि गर्दै आएका पशुपति पोखरेललाई हामीले स्थलगत रिपोर्टिङको क्रममा समेत फेला पा¥र्यौ । विभिन्न बहाना बनाई विभिन्न व्यक्तिबाट रकम असुल गर्ने खेलमा लागेका नामका मात्र पशुपति पोखरेल आफुलाई उद्योगको सबैभन्दा विभागकै शक्तिशाली व्यक्तिका रुपमा प्रस्तुत गर्दा रहेछन् । तर “काम गर्ने कालू मकै खाने भालु“ भनै झै यिनको रजगज भने उद्योग बिभागभित्र बिचौलियाको डन हो भन्ने आफुलाई साबित गर्ने प्रयत्नमा देखिएका छन । राज्यको ध्यानाकर्षण कता छ यो कत्तिको भन्ने कुरा महत्वपूर्ण देखिन्छ ।