back to top
16.1 C
Kathmandu
Monday, December 23, 2024

नेपाल संवतका अवसरमा आगामी शनिबार मण्डला प्रतियोगिता हुँदै

ललितपुर । युवा पुस्तामा मण्डलाको महत्वबारे जानकारी गराउने उद्देश्यले आगामी कात्तिक १७ गते शनिबार गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल संवत अर्थात न्हूँ दँ ११४५ को दिन गोदावरीको ठेचोमा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो । झीःझी पुचद्धारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।

प्रतियोगिताले युवा पुस्तामा मण्डलाको संरचना र यसमा प्रयोग गरिने रंगले सकारात्मक उर्जा र जीवनमा पार्ने प्रभावबारे राम्रो ज्ञान दिने अपेक्षा लिइएको आयोजक संस्था झीःझी पुचका अध्यक्ष अनिल महर्जनले बताउनुभयो ।

आध्यात्मिक प्रतीकहकको ज्यामितिय तथा पञ्चमहाभूत सहित सिङ्गो ब्रहमाण्डको शुक्ष्म प्रतिनिधित्व गर्ने मण्ड (मण्डला) नेवारी संस्कृतिमा सम्मानजनक अस्तित्व र गौरवमय मानिन्छ ।

कला, रङ, धर्म र संस्कृतिको सम्बन्ध दर्शाउनुका साथ साथै न्हूँ दँ ११४५ लाई अर्थपूर्ण र भन्यरूपमा मनाउन यस प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । नेवार समुदायको संस्कृति जोगाउन र गोदावरी नगरपालिकालाई पर्यंटकीय नगर बनाउन यस्तो कलात्मक प्रतियोगिताले सहयोग पु¥याउने यस कार्यक्रमका संयोजक धर्मेन्द्र महजनले लुकेर बसेको कलाकारहरुलाई सम्मान र कदर पनि गरिने जनकारी दिनुभयो ।

व्यक्तिगत तथा संस्थागत रुपमा जो कोहीले पनि भाग लिन सक्ने यस प्रतियोगितामा कुनै उमेरको सीमा तोकिएको छैन । दुई जना मिलेर छ घण्टा भित्र एउटा चार वर्गफिटको मण्डला बनाउनुपर्नेछ । महिला पुरुष जो कोहीले पनि भाग लिन मिल्ने प्रतियोगितामा पहिले रजिस्टर गर्नेले पहिलो प्राथमिकता पाउने र जम्मा २० वटा समुह मात्र समावेश गरिने बताइएको छ ।

इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रा. लि. ले व्यवस्थापन गर्ने यस कार्यक्रममा आवश्यक पर्ने पाँच थरी रंगलगायत अन्य सामाग्री जस्तै चक, इन्ची टेप, धागो, प्लाष्टिक कोन, कचौराइत्यादि आयोजकका तर्फबाट उपलब्ध गराउने र सजावटको सामाग्री प्रतियोगीले नै व्यवस्था गर्नुपर्नेछ ।

प्रतियोगिताको प्रवद्र्धकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर १२ थेचो, सहकारी पे–पीइएस, ग्लिष्टेन इन्टरप्राइज र थेचो क्याटरिङ सहयोगीको रुपमा रहेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई विशेष पुरस्कार वितरण गरिने र नेपाल संवत ११४५ न्हूँ दँ को उपलक्ष्यमा निस्कने मोटर साइकल -याली तथा भिन्तुना -यालीमा आउनेहरुलाई समावेश तथा लक्षित गरी आयोजन गर्ने भएकाले तीन हजार देखि पाँच हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

हरेक वर्ष हुने यस प्रतियोगितामा आफूसँग भाएको कला प्रस्तुत गर्ने सुवर्ण मौकाको फाइदा उठाउन आफ्नो नाम दर्ता गरी भाग लिन आयोजकद्वारा आवहान गरिएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय