रामजी यादव ६ कार्तिक पर्सा#
बीरगंज महानगरपालिकाको रामगढवा स्थित पटेल धर्मशालामा जनता समाजबादी पार्टी नेपालको आधारभुत संगठन निर्माण अन्तर्गत समिक्षा बैठक कार्यक्रम आज सम्पन्न भएको छ।जनता समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा भएको समिक्षा बैठक कार्यक्रममा केही भगौराहरुको कारण जनता समाजबादी पार्टी नेपालमा केही लं असर नपर्ने पूर्व मुख्यमन्त्री तथा जनता समाजबादी पार्टी नेपालका केन्द्रिय महासचिव लालबाबु राउत गद्दीले बताउनु भयो।
मधेश प्रदेशको पहिलो तथा पूर्व मुख्यमन्त्री केन्द्रीय महासचिव लालबाबु राउत गद्दीले केही भगौरा र अवसरबादीका कारण जनता समाजबादी पार्टी नेपाल अझ सुदृढ र बलियो हुने प्रष्ट पार्नु भयो।
मधेशी जनयुद्धका नायक तथा जनमत पाटीका केन्द्रीय सदस्य शशी कपुर मियाले दिपावली तथा छठ पर्वको केही दिन पछि लगभग दुई हजारको संख्यामा बिभिन्न पाटी परित्याग गरि जनता समाजबादी पार्टी नेपालमा प्रवेश गरिने जानकारी दिनुभयो।नेता शशी कपुर मियाले मधेशी जनयुद्धमा ज्यान गुमाएका बिर शहीदको सपनासंग खेलवाड गरि आफ्नो स्वार्थका कारण केही भगौराहरु अन्य पाटीमा प्रबेश गर्नलाई कहिले माफी नहुने बताउनुभयो।जनता समाजबादी पार्टी नेपाललाई पाटी सुदृढीकरण गरि बिभिन्न पाटी परित्याग गरि पाटीमा प्रबेश गर्नेलाई शुभ अवसर दिई सम्मान गरिने जिल्ला अध्यक्ष रामनरेश यादवले बताउनु भयो।
जनता समाजबादी पार्टी नेपालको आधारभुत संगठन निर्माण अन्तर्गत समिक्षा बैठक कार्यक्रममा मधेश प्रदेश संयोजक हरिनारायण यादव ,केन्दीय सदस्य सुरेन्द्र कुर्मी, केन्दीय सदस्य फिरोज मुसुर, केन्द्रीय सदस्य रेखा साह,अशोक टेमानी,मौलाना नुरहोदा,प्रदेश अध्यक्ष बालकिशोर यादव,प्रदेश अनुशासन आयोग अध्यक्ष महाराज यादव,प्रदेश शिक्षा समिती सदस्य बृजमोहन तिवारी,क्षेत्रिय उपाध्यक्ष नागेन्द्र यादव,लगायत पाटीका नेता तथा महिला कार्यकर्ताहरुको उलेख्निय सहभागीता रहेको थियो