राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन गरेको छ ।
तेस्रोदिन विरोध प्रदर्शनमा भेला भएका नेता कार्यकर्ताले देशभक्तिपूर्ण गीत बजाउँदै नाचगान गरिररहेका छन् । कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सरकार तिम्रो पाराले, दुःख पाए साराले’, सहकारी पीडितलाई न्याय दे, सरकारले न्यायमाथि गर्यो घात, पोखरेली जनताले दिन्छन् साथ’ लगायतका नारा लगायतका छन् ।
शनिबार चिप्लेढुङ्गामा विरोध सभा गरेको रास्वपाले आइतबार शहीदचोकमा कार्यकर्ता उतारेको थियो । सोमबार प्रदर्शनस्थल परिवर्तन गरेर पृथ्वीचोकमा सारिएको हो । विरोध प्रदर्शन शान्तिपूर्ण हुने रास्वपाका नेताहरुले जानकारी गराएका छन् ।