back to top
16.1 C
Kathmandu
Wednesday, December 25, 2024

ओली-देउवालाई प्रचण्डको चेतावनीः रविलाई पक्राउ गरिए राम्रो हुँदैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक पूर्वाग्रह राखेर रवि लामिछानेलाई पक्रिएको खण्डमा सह्य नहुने बताएका छन् । हिजो तीन दलका शीर्ष नेताहरुको बैठकमा रवि लामिछानेको गिरफ्तारीबारे छलफल भएको थियो । सो क्रममा प्रचण्डले कानुनी प्रक्रियाबाट अगाडि बढ्ने कुरामा आफूहरु सकारात्मक रहेको बताएका थिए ।

यो विषयमा हाम्रो स्पष्ट कुरा छ । हिजो टीआरसी सम्बन्धी विषयमा बोलाइएको मिटिङमा पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले हाम्रो पार्टी अध्यक्षले स्पष्ट रुपमा कुरा राख्नुभएको थियो । यस्ता प्रकृतिका समस्याका बारेमा छलफल हुँदा कानुनी प्रक्रियाबाट अगाडि बढ्ने कुरामा कसैले पनि, त्यसमा रास्वपाले पनि अवरोध गर्ने कुरा छैन ।

अरुको कोही पार्टीमा पनि त्यस विषयमा नकारात्मक धारणा भएन । यी र यस प्रकृतिका कुराहरुमा कहीँ पनि राजनीतिक आग्रह, पूर्वाग्रह देखिने खालको, झल्किने खालको कुनै पनि त्यस्ता संकेतहरु देखिनु हुँदैन भन्ने कुरामा हामी सचेत छौं । हिजोको बैठकमा पनि हाम्रो अध्यक्षले प्रधानमन्त्रीजीलगायत गृहमन्त्रीजीसँग पनि राख्नु भएको थियो । आज पनि सबै पार्टीहरुको त्यही प्रकारको धारणा छ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले भने ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय