back to top
16.1 C
Kathmandu
Monday, December 23, 2024

दशैँमा घर जाँदै यस्ता औषधिहरू नछुटाउनु

नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । त्यसैले लामो दूरीको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या नहोस् भन्नका लागि तपाईँले केही औषधि साथमा बोक्नु राम्रो हुन्छ ।

दशैँमा घर जाँदै गर्दा यस्ता औषधिहरू छुटाउनु हुँदैन:

प्राथमिक उपचारका सामग्री
लामो यात्रा गर्दा जहिले पनि प्राथमिक उपचारका लागि सामग्री बोक्न आवश्यक छ। यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ। जसको उपचारका लागि घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट,पट्टी, डेटोल लगायतका सामाग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैँ गर्न सकिन्छ।

बिरामीको नियमित औषधि
कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन। नियमित औषधि छुट्यो भने आफूले प्रयोग गरिरहेको औषधि सबै ठाउँमा पाइन्छ भन्ने हुँदैन। त्यसैले आफ्नो नियमित औषधि नछुटाउनुहोस्

बान्ता रोक्ने औषधी
कतिपय मानिसलाई लामो दूरीको यात्रामा बान्ता हुने गर्छ । जसका कारण मोसन सिकनेस, हावाको सिकनेस आदि हुन सक्छ । यदि कसैलाई मोसनको समस्या वा बान्ता आउने समस्या छ भने ओन्डेमलगायका औषधिको प्रयोगबाट यो समस्यालाई रोक्न सकिन्छ । यस्ता औषधि यात्रा गर्नु पूर्व करिब आधा घण्टा अगाडि सेवन गर्नुपर्छ । यसले बान्ता आउन नदिनुका साथै तपाईँलाई निद्रा लगाउँछ ।

पखाला रोक्ने औषधि
बसमा लामो दुरीको यात्रा गर्दा अचानक पेट सम्बन्धी समस्या उत्पन्न हुनसक्छ । विशेषगरी पखाला लाग्दा वा तारनतार दिशा लागेमा तथा अचानक पेट दुखेमा यात्रा कष्टकर बन्न सक्छ । त्यसको रोकथामका लागि पखाला रोक्ने तथा पेटको दुखाई कम गर्ने औषधी साथमा राख्नुपर्छ ।

बच्चाको डाइपर र स्यानिटरी प्याड
यात्राको क्रममा साथमा साना बच्चाहरू छन् भने बच्चाले प्रयोग गर्ने डाइपर बोक्न अनिवार्य हुन्छ। बच्चाहरूले बेलाबेलामा दिसा पिसाब गर्दा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

यस्तै महिलाले यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो । महिनावारीको समय नजिकिँदै छ भने झनै छुटाउनै हुँदैन। स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ। त्यस कारण आफूलाई आवश्यक नपरे पनि छेउछाउका अन्य व्यक्तिहरूले बोक्न बिर्सिँदा प्रयोग गर्न सजिलो हुन्छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय