back to top
17.1 C
Kathmandu
Saturday, April 12, 2025

हेटौँडा–काठमाडौँ दुवै सडक अवरुद्ध

बिहीबार रातिदेखि परेको भारी बर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।  त्यसगरी हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ पनि बिहीबार बिहानैदेखि अवरुद्ध छ।

बिहीबार राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सुकौरामा पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अविरल वर्षापछि माथीबाट पहिरो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो अझै हटाउन नसकिएको मकवानपुर प्रहरीको भनाई छ।

सडक विभाग र फास्ट ट्याक आयोजनासँग समन्वय गरी सडकको अवरोध हटाउने पहल गरिए पनि निरन्तरको वर्षाका कारण पहिरो पन्छ्याउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय