back to top
26.1 C
Kathmandu
Monday, April 7, 2025

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण सोधे

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण सोधेको छ। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईंलाई रिहाइ गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सोधेको हो।

प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। उनी हाल प्रहरी हिरासतमा छन्।

उनले आफूलाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। प्रसाईंको स्वास्थ्य अवस्थाको कारण देखाउँदै सोमबार उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। निवेदनसँगै प्रसाईंले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका थिए।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान सुरू भएको छ। झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय , प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो र काठमाडौं जिल्ला अदालतलाई निवेदनमा विपक्षी बनाइएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय