दोब्बर मूल्यमा पानि बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिमाना गरे

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिमाना गरेको छ। विभागका महानिर्देशक राजन पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए।

अंकित मूल्यभन्दा दोब्बर मूल्यमा मिनरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिमाना गरेको हो। ​

जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्यको मिनरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टको अनुगमन गरेको हो।

जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो। के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौँ‚ पानी र खाजा मःमः खायौँ। एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ‚’ उनले भने, ‘३५ रुपैयाँ अंकित मूल्य भएको पानीलाई ३५ रुपैयाँ लिनुभएको रहेछ। कुनै पनि उपभोक्तालाई लेवल गरिएको हुन्छ‚ त्यसमा तोकेभन्दा बढी लिन पाइँदैन। खुद्रा मूल्यभन्दा दोब्बर शुल्क लिएको पाइयो।’

उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्यभन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाहीस्वरुप ३ लाख रुपैयाँ जरिमानासहित सचेत गराएको बताए।

उनले रेष्टुरेण्टले अब पनि अंकित मूल्यभन्दा बढीमा पानीलगायत कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए।

‘उहाँलाई अहिले ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। फेरि पनि त्यो गरेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्छौं‚’ उनले भने, ‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रेष्टुरेण्टलाई अंकित मूल्यभन्दा बढी मूल्यको आधारमा ३ लाख रुपैयाँ जरिमाना गरेका हौँ।’

उनले चाडपर्वलक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए।

‘बढी मूल्य लिएको आधारमा वाणिज्यले कारबाही गर्छ। यो एउटा उदाहरणमात्रै हो। बिल लिनुपर्छ‚ बिल लिएर विभागमा उजुरी गरे कानूनअनुसार कारबाही गर्छौं‚’ उनले भने, ‘चाडपर्वलक्षित बजारमा ७ वटा टोली खटाएका छौँ। भोलिदेखि अझ बढी टोली परिचालन गर्छौं।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय