back to top
26.1 C
Kathmandu
Monday, April 7, 2025

धोबिनी गाउँपालिकाको १० औ गाउँ सभा सम्पन

रामजी यादव ४आश्विन पर्सा#
धोबिनी गाउँपालिकाको १० औ गाउँसभा आज सम्पन्न भएको छ। धोबिनी गाउँपालिका अध्यक्ष मदन प्र.चौहानको सभापतित्वमा १०औ गाउँसभा सम्पन्न भएको हो।धोबिनी गाउँपालिकाको १०औ गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले कुल जम्मा उन्नचालिस करोड एक लाख अठार हजार को बजेट प्रस्तुत गरि सार्वजनिक गर्नु भयो।

प्रमुख प्रशासकीय अधिकृत रौनियारले यसपाली बढी कृषिको लागि खेतीपातीमा मल्ल बिउविजन सिचाई अति आवश्यक उपकरणको ब्यवस्था गरिने बताउनुभयो, स्वास्थ्य चौकीहरुमा औषधीको अभाव हुन नदिन सरकारले अनुदान गरेको निशुल्क औषधीको ब्यवस्था मिलाइनेछ।पालिका भित्रका सामुदायिक बिधालयहरुमा शिक्षाको पठन -पाठनमा सहज होस भन्ने उदेश्यले बिषयगत शिक्षकको ब्यवस्था मिलाइने र महिला तथा पुरुषलाई हस्ताक्षर सजिलो गर्ने जस्ता प्रौढ शिक्षा अभियान संचालन गर्नेमा पहिलो जोड दिईने प्रमुख प्रशासकीय अधिकृत रौनियारले घोषणा गर्नु भयो।

धोबिनी गाउँपालिका अध्यक्ष मदन प्र.चौहानको सभापतित्वमा भएको १०औ गाउँसभा कार्यक्रममा पालिकाका वडाध्यक्ष जनप्रतिनिधि, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी,ससस्त्र बेस क्याम्प बंजारीका ससस्त्र प्रहरी निरीक्षक, ससस्त्र बेस क्याम्प भिखमपुरका ससस्त्र प्रहरी नायब उपरीक्षक लगायत सुरक्षाकर्मी पत्रकार ज्यूहरुको सहभागिता रहेको थियो।धोबिनी गाउँपालिकाको १०औ गाउँसभामा स्वास्थ्य शाखा प्रमुख संजय यादवले कार्यक्रमको उद्घोष गर्नुभएको थियो

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय