back to top
24.1 C
Kathmandu
Thursday, May 22, 2025

बागलुङमा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु

बागलुङमा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  एक जना गम्भीर घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ।

मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवले जानकारी दिए। मृतक मध्य एक जना रुकुमकाे पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवको भनाइ छ।

दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय