back to top
25.1 C
Kathmandu
Thursday, May 22, 2025

प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै काममा अलमल, ढिलो गर्ने छुट छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तीव्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

बिहीवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन्। उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए। उनले अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने बताए।

उनले सरकारका कामलाई तीव्रता दिनेगरी अघि बढ्न आग्रह गरे। उनले विस्तारै गरौँला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे। उनले काममा तीव्रतासँगै योजनावद्धता आवश्यक रहेको बताए। मन्त्रालयबीच एक अर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको बताए।

उनले भने, ‘हामी अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ जानेछौँ। मैले अघिल्लो पटकमा पनि भनेको छु, हामी कामलाई तीव्रता दिनेछौँ। हाम्रो एउटा कमजोरी के रहेको छ भने काम बिस्तारै, बिस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ। त्यस्तो होइन। हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन। विश्राम गर्ने सुविधा पनि छैन। हामीले अत्यन्तै तिब्र गतिले काम अघि बढाउनुपर्ने छ। हामे गतिमा तीव्रता चाहिन्छ। काममा योजनावद्धता चाहिन्छ। पारस्परिक एक अर्कामा साथ र सहयोग चाहिन्छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय