धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ५ हजार ९०० रुपैयाँ घट्यो
नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँ घटेर ३ हजार ८१० रुपैयाँमा झरेको छ।
बिहीबार सुन २ लाख ८८ हजार ९०० र चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।



