तनहुँ । चाडपर्वलाई लक्षित गर्दै पृथ्वीराजमार्गमा प्रहरीले तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरी विशेष आकस्मिक चेकिङ अभियान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध, विस्फोटक पदार्थको अवैध ओसारपसार तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले शुक्रबारदेखि चेकिङ सुरु गरेको जनाएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार चाडपर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन राजमार्गमा निगरानी र जाँचलाई थप कडाइ गरिएको हो।
चाडपर्व सुरक्षित बनाउन प्रहरीको विशेष निगरानी!



