अब सवारी खरिद गर्दा यातायात कार्यालय धाउनुपर्ने झन्झट हट्यो

काठमाडौं । नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था हटाइएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै सवारी दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो।

संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलो नामसारी गर्दा डिलरले गरेको जाँचलाई मान्यता दिइनेछ। अब पुनः कार्यालयमा उपस्थित भएर सवारी साधन जाँच गराउनुपर्ने छैन।

त्यस्तै, खरिदकर्ता स्वयं उपस्थित हुन नसकेमा आवश्यक कागजातसहित प्रतिनिधिमार्फत सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ। सवारी साधनको बीमा तथा नवीकरणका लागि समेत सवारीधनी कार्यालयमा उपस्थित हुनुपर्ने छैन।

विभागले सवारी दर्ता प्रणाली (VRS) मार्फत विक्रेता, वितरक तथा कम्पनीलाई प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।

संशोधित व्यवस्थाले सवारी खरिदकर्तालाई समय र झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय