नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, एफटीटीएच जडान शुल्क मिनाहा

नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दसैं तिहार अफर २०८३ उपलब्ध गराउने भएको छ । सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन् ।

यस अफर अन्तर्गत असोज २५ देखि कार्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिने छ । त्यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरुलाई एक महिना थप सहित १३ महिनाको प्याकेज उपलब्ध हुनेछ । यसमा बोनसको रुपमा उपलब्ध हुने मोबाइल डाटा समेत १३ महिना सम्म नै उपलब्ध हुनेछ । भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिने ग्राहकहरुका लागि रु. १००० छुट पहिले देखि नै उपलब्ध छ ।

अफर अन्तर्गत जीएसएम मोबाइल सेवाका ग्राहकहरुका लागि रु. ४९९ मा ५ जीबी फेस्टिभल अनलिमिटेड र रु. ६९९ मा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ । फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डाटा भोल्युम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको १० जीबी डाटा भोल्युम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नु हुनेछ ।

यसका साथै रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको जोयफुल मिनेट्स र रु. ९९ मा १००० अन–नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत उपलब्ध हुनेछ । यी सबै प्याकेज प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी २०८३ असोज ३० देखि कार्तिक ३० सम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकहरुले यो अफर अन्तर्गतको सुविधा लिन सक्नु हुनेछ । आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरेर वा ’नेपाल टेलिकम एप’ प्रयोग गरेर प्याकेजहरु खरिद गर्न सकिनेछ ।

विभिन्न पर्वहरुका अवसरमा उपलब्ध गराइने यसप्रकारका अफरहरुले चाडपर्वको समयमा अझ बढी सम्पर्कमा रहन, आफन्तसँग खुशी बाँड्न र डिजिटल सेवाहरुको प्रयोग बढाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास रहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय