सुनको मूल्य एकैदिन तोलामा २,९०० रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ पुग्यो
शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर २ लाख ९५ हजार ७ सय रुपैयाँ पुगेको हो।



