आफ्नै देशका नदीमा काठ बगिरहेका छन्, हामीचाहिँ मलेसियाबाट काठ मगाइरहेका छौँ’ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी–पहिरोका क्रममा जंगलबाट नदीमा बगेर आउने काठ तथा बालुवाको उचित व्यवस्थापन हुन नसकेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले बाढीका बेला बगेर आएका काठ र बालुवा समयमै व्यवस्थापन नगर्दा नदी आसपासका खेत तथा बस्ती थप जोखिममा पर्ने गरेको बताए। उनका अनुसार यस्तो समस्या विशेषगरी मधेश प्रदेशका बस्तीमा बढी देखिने गरेको छ।

‘हामी मलेसियालगायतका देशबाट काठ आयात गरिरहेका छौँ, तर हाम्रै प्राकृतिक स्रोत–साधन भने नदीमा बगेर नष्ट भइरहेका छन्,’ उनले भने।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय