रामजी यादव ,२२ माघ बीरगंज पर्सा जनमत पार्टी पर्सा क्षेत्र नं.२ को घरदैलो कार्यक्रम सम्पन्न भएको छ। पर्साको बहुदरमाई नगरपालिका वडानं.२ र ३ मा जनमत पार्टी पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्याम गुप्ताले आफ्नो पार्टीका कार्यकर्ता सहित चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।बहुदरमाई नगरपालिका वडानं.२ पिपरा र वडानं ३ नगरदाहा , पदमौल टोलमा मतदाताको घरसम्म पुगी चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो।
जनमत पार्टी पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार श्याम गुप्ता र पार्टीका कार्यकर्ताहरुले मतदाताको घर घर सम्म पुगी आफ्नो पार्टीको अजेन्डाको बारेमा जानकारी गराएका थिए।फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा मतदाताहरुसंग भेटघाट गरि चुनावी चर्चा परिचर्चा गरि उम्मेदवार श्याम गुप्तालाई आ-आफ्नो अमुल्य मत दिई भारी मतले बिजयी गराउन नेता तथा कार्यकर्ताहरुले अनुरोध गरेका थिए।चुनावी घरदैलो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य अनिता रौनियार, राजनारायण मिश्रा, पुनम चौधरी , नेतृ सन्तोषी महतो लगायतको उपस्थिती रहेको थियो।






