back to top
18.1 C
Kathmandu
Saturday, March 7, 2026

जनमत पार्टी क्षेत्र नं.३को पोखरियामा क्षेत्रीय जन सम्पर्क कार्यालयको उद्घाटन

रामजी यादव २१माघ पर्सा # जनमत पार्टी पर्सा क्षेत्र नं.३को पोखरीया बजारमा क्षेत्रीय जनसम्पर्क कार्यालयको आज एक कार्यक्रमका बिच उद्घाटन गरि शुभारम्भ भएको छ। पर्सा क्षेत्र नं.३ को जनताको सहजताका लागि पोखरीया बजारमा क्षेत्रीय जन सम्पर्क कार्यालयको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी पर्साका जिल्ला ईन्चार्ज माधव सिहं र बिशिष्ट अतिथी ओमप्रकाश श्राफले संयुक्तरुपमा रिबन काटी उद्घाटन गरेका हुन्।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नं.३का प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी उम्मेदवार मालती कुशवाहाले जनताको मर्म बुझ्न र जनतासंग सहजरुपमा सम्पर्क होस भन्ने उदेश्यले क्षेत्र नं.३को पोखरीया बजारमा क्षेत्रीय जनसम्पर्क कार्यालयको उद्घाटन गरि शुभारम्भ गरिएको उम्मेदवार कुशवाहाले बताईन। क्षेत्रीय जनसम्पर्क कार्यालय उदघाटन कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य अनिता रौनियार,रम्भा मिश्रा,प्रबेक्क्षक ई.राजुराज गिरी,अमरनाथ सिहं राठौर लगायत बिभिन्न पालिकाका अध्यक्ष पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय