back to top
18.1 C
Kathmandu
Saturday, March 7, 2026

प्रदीप गिरीको विचारधारा बोकेर संसदतर्फ राम पल्टन शाह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम पल्टन शाहको उम्मेदवारीलाई पार्टीभित्र र बाहिर व्यापक सकारात्मक रूपमा हेरिएको छ। करिब ४० वर्षसम्म निरन्तर राजनीति र सामाजिक सेवामा समर्पित रहनु भएका शाह पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु भएको हो।

विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको यात्रा संगठन निर्माण, लोकतन्त्रको रक्षा, जनअधिकारको पक्षमा आवाज उठाउँदै निरन्तर अगाडि बढेको देखिन्छ। कठिन समय, संघर्ष र बलिदानका दिनहरू पार गर्दै आज उहाँ उम्मेदवारको रूपमा अगाडि आउनु संघर्षशील कार्यकर्ताहरूका लागि प्रेरणाको विषय बनेको छ।

राम पल्टन शाहले स्वर्गीय नेता प्रदीप गिरिलाई आफ्नो राजनीतिक गुरुका रूपमा मान्नु भएको थियो। गिरिको विचार, निष्ठा, सादगी र सिद्धान्तप्रतिको प्रतिबद्धताले शाहको राजनीतिक जीवनलाई गहिरो रूपमा प्रभावित गरेको देखिन्छ। आज उहाँको उम्मेदवारीलाई धेरैले प्रदीप गिरिको विचारधाराको निरन्तरताका रूपमा पनि हेरेका छन्।

स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संगठनलाई बलियो बनाउने काममा सक्रिय रहँदै आएका शाह जनताको पीडा बुझ्ने, सरल र पहुँचयोग्य नेताका रूपमा चिनिनु हुन्छ। धनुषा–१ का मतदाताहरू उहाँलाई अनुभवी, इमानदार र सिद्धान्तनिष्ठ नेताको रूपमा विश्वास गर्न थालेका छन्।

४० वर्षको संघर्ष, विचारको स्पष्टता र सेवाभावको आधारमा अगाडि बढेको यो उम्मेदवारी नेपाली कांग्रेसका लागि मात्र होइन, लोकतान्त्रिक मूल्य र जनमुखी राजनीतिका लागि पनि सुखद समाचार (Good News) बनेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय