रामजी यादव ३०पौष बीरगंज पर्सा# सखुवा प्रसौनी गाउँपालिकाको १६औ हिउँदे अधिवेशन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।सखुवा प्रसौनी गाउँपालिकाको सभाहलमा आयोजित १६औ हिउँदे अधिवेशन सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।आ.ब.२०८२/०८३ को श्रावण महिना देखि पुस मसान्तसम्म ६ महिनामा गरेको बिभिन्न कार्य योजनाको प्रतिबेदन प्रस्तुत गरि सार्वजनिक गरिएको थियो।
आ.ब.२०८२/०८३को अर्धबार्षिक प्रतिबेदन तथा मुख्य कार्य योजना बारे बिशेष जोड दिईएको थियो।आगामी कार्य योजना बारे गाउँपालिका अध्यक्ष जसवन्त यादवले प्रस्तुत गरि जानकारी गराए।
सखुवा प्रसौनी गाउँपालिकाको वडानं.१ देखि ६ सम्मका वडाध्यक्ष जनप्रतिनिधिले किसानहरुलाई खेतीपातीको लागि सहज र सुलभ तरिकाले मल खाद,बिउविजन उपलब्ध गराउन गाउँपालिका अध्यक्ष समक्ष अनुरोध गर्नुभयो।सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतोले किसानलाई सहज हुने गरि खेतीपातीमा प्रयोग गरिने रसायनिक मल समयमा उपलब्ध हुनेगरि बाताबरण बनाउन अपील गरे।सखुवा प्रसौनी गाउँपालिकाको १६ औ हिउँदे अधिवेशन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव, प्रशासकीय अधिकृत अरबिन्द ठाकुर,वडानं.१का वडाध्यक्ष बासुदेव महतो थारु,वडानं.५का वडाध्यक्ष असेश्वर यादव लगायत वडाध्यक्ष जनप्रतिनिधि कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।






