back to top
18.1 C
Kathmandu
Saturday, March 7, 2026

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा आज (२०८२ पुस ३० गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८१।८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदाझैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताउनु भयो ।

कम्पनीले भावी दिनमा मेघा परियोजना सञ्चालन गर्नु पर्ने र थप पुँजी आबश्यक हुने अवस्थामा बोनस सेयर समेत उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष अर्यालले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु. ३८ अर्ब १९ करोड आम्दानी गरी रु. ६ अर्ब नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये रु. १८ अर्ब ४६ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’ यसका साथै उहाँले जोखिम न्यूनीकरणको लागि आय सुनिश्चितताको परीक्षण, कार्यसम्पादन परीक्षण तथा प्राविधिक परीक्षणको कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको जानकारी गराउँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायतका क्षेत्रहरुमा सदाझैँ सहयोग उपलब्ध गराउँदै आएको बताउनु भयो ।

सो कार्यक्रममा देशभित्र आम ग्राहक र सरोकारवालाहरुको छन् सेवालाई उपभोग गर्ने तीव्र आकांक्षा रहेको उल्लेख गर्दै उहाँले कम्पनी निकट भविष्यमा नै देशको राजधानी लगायत ठूला शहरहरुबाट छन् सेवा सुचारु गर्ने प्रक्रियामा रहेको बताउनु भयो । देशको भौगोलिक अवस्था र सापेक्षित रुपमा अन्य पूर्वाधारहरुको पहुँच विस्तार हुन नसकेको अवस्थामा कम्पनीले सेवाभावबाट प्रेरित भई सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन द्धन्रीत्भ् प्रविधिमा आधारित ख्यीत्भ् सेवा तथा ँत्त्ज् सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको उहाँले बताउनु भयो । वि.सं. २०८२ असोज मसान्तसम्ममा सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार द्धन्रीत्भ् सेवाको पहुँच विस्तार भएको छ । २०८२ असोज महिनासम्ममा देशका ७७ वटै जिल्लामा उच्च गतिको ँत्त्ज् सेवा विस्तार भएको छ । उहाँले समीक्षा अवधिमा द्दन् तर्फ १४३ तथा द्धन् तर्फ १०९ वटा द्यत्क् हरु थप गरी हालसम्म द्दन् तर्फ ४,५४२, घन् तर्फ २,९९४ र द्धन् तर्फ ४४३७ वटा द्यत्क् सञ्चालनमा रहेको बताउनु भयो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय