रामजी यादव २० पौष बीरगंज पर्सा# गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को १६औं साधारण सभा बीरगंजको टाउन हलमा भब्यरुपमा सफलता पूर्वक सम्पन्न भएको छ। गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६औं बर्ष पुरा गरि सफलता पूर्वक बचतकर्ता, शेयर र ऋणीहरुको मन जित्न सफल भई १७ बर्षमा प्रबेश गरेको छ।
गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का संचालक अशोक राउत अहिर लगायत संचालक सदस्यहरु दिप प्रज्ज्वलन गरी साधारण सभाको उद्घाटन गरे। गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. बीरगंजको आयोजनामा टाउन हलमा भएको १६औ साधारण सभामा बित्तिय साक्षरता कार्यक्रम अन्तर्गत राष्ट्रिय सहकारी बैंकका प्रबन्धक संजय कुमार महतोले जो सुकै सहकारी संस्थामा बचतकर्ताले बचत गरेको रकमको नब्बे प्रतिशत सम्म ऋण उपलब्ध गराउने प्रावधान रहेको जानकारी दिनुभयो। गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को १६औ साधारण सभामा आ.ब.२०८२/०८३ सम्मको ऋण लगानी , शेयर ,बचत र कुल आम्दानीको प्रतिबेदन प्रस्तुत गरिएको थियो।
गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीरगंजका संचालक अशोक राउत अहिरको अध्यक्षतामा भएको १६औ साधारण सभा कार्यक्रममा
उपाध्यक्ष : जुबैरबाबु अंसारी, कोषाध्यक्ष :ओमप्रकाश महतो नुनिया
सचिव:दिपमाला देबी श्रीवास्तव,
सह-सचिव:मिन्दु देबी,
सदस्य:ईन्ताज अंसारी
सदस्य:मनोज कुमार लोहार
लेखा संयोजक:मुक्ती प्रसाद श्रीवास्तव,लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रमको स्वागत मन्तव्य उमेश साह तुरहाले गरेका थिए।






