back to top
18.1 C
Kathmandu
Saturday, March 7, 2026

जनकपुर र वीरगन्जमा पनि बंगलादेशमा भएको हिन्दू युवा हत्याविरुद्ध प्रदर्शन

काठमाडौं । बंगलादेशमा हिन्दू युवाको भएको निर्मम हत्याको विरुद्धमा मधेश प्रदेशको जनकपुरधाम र वीरगन्जमा प्रदर्शन भएको छ ।
महिला अभियानी जनकपुरधामको ब्यानर र नेतृ विभा ठाकुरको नेतृत्वमा शुक्रबार जनकपुरधाममा हिन्दू दिपु चन्द्र दासको हत्या विरुद्धमा प्रदर्शन गरिएको हो ।

बंगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर, दिपु चन्द्र दासको हत्यारालाई फाँसी दे, जमाते इस्लाम मुर्दावाद र रोहिंग्या मुसलमान घुसपैठ बन्द ब्यानरसहित महिला अभियानीहरुले प्रदर्शन गरेका थिए ।

यसैगरी, जमिअत उलेमा ए नेपाल बारा र पर्सा जिल्ला समितिले पनि हत्याविरुद्ध वीरगन्जमा शनिबार प्रदर्शन गरेको छ ।
जमिअत उलेमा ए नेपालका उपाध्यक्ष मौलाना अलि असगर मदानीको नेतृत्वमा निकालिएको र्यालीमा मुस्लिम समुदायका अगुवाहरुले प्रदर्शन गरेका छन् ।

दिपु चन्द्र दासको हत्यारालाई फाँसी दे, बंगलादेश सरकार मुर्दावाद, बंगलादेशमा हिन्दूको हत्या बन्द गर, मोहम्मद युनुस मुर्दावाद र हिन्दू मुस्लिम एकता जिन्दावादको नारा लगाइएको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय