रामजी यादव ३१सावन# भगवान श्री कृष्ण जन्मोत्सवको अवसरमा समबिअस इङ्गलिश बोर्डिङ्ग स्कुलका स-साना नानीहरुले राधा र कृष्णका भुमिकामा आ-आफ्नो नृत्य कला प्रस्तुत गरेका छन।बीरग़ंज महानगरपालिका वडा नं.२ छपकैयामा रहेको समबिअस इङ्गलिश बोर्डिङ्ग स्कूलका छात्र-छात्राहरुले यस बर्ष झै प्रत्येक बर्ष भगवान श्री कृष्ण जन्मोत्सवको शुभ अवसरमा स्कुलका प्रिन्सिपल मनोज दुबे को अध्यक्षतामा सभ्य र भब्यरुपमा कला प्रस्तुत गरि मनाईन्छ।समबिअस ईङगलिश बोर्डिङ्ग.स्कुलका शिक्षिका सितल शर्मा,सुनिता पटवा र खुश्बु पटेल लगायत स्कुलका शिक्षिकाहरुले स-साना बिधार्थी नानीहरुलाई श्री राधा र श्री कृष्ण भुमिकाको लागि एक हप्ता सम्म नृत्य कला प्रस्तुत गर्न सिप सिकाई समक्ष बनाएर सो कार्यक्रमको आयोजना गरिएको थियो।
बीरगंज छपकैयामा अवस्थित समबिअस ईङगलिश बोर्डिङ्ग स्कुलमा स्वच्छ, सुन्दर,सफा वाताबरणमा १७/१८ बर्ष देखि बिधार्थीहरुलाई पठन- पाठन गराउदै आएको यस स्कुलमा बिधार्थी र अभिभावकको मन जित्न सफल भएको छ।भगवान श्री कृष्ण जन्मोत्सवको अवसरमा समबिअस इङ्गलिश बोर्डिङ्ग स्कुलमा भएको सांकेतिक नृत्य कला प्रस्तुत कार्यक्रममा आसपासका स्थानीय दर्शकहरुको उलेख्निय उपस्थिति रहेको थियो।






