प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीसँग छलफल गर्न कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखक बालुवाटार पुगेका हुन् । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै मंगलबार प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए ।
उनीहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने माग राखेका छन् ।
प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग छलफल थालेका हुन् ।