नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला २००५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।