back to top
26.1 C
Kathmandu
Thursday, May 22, 2025

आज तोलामा सुन १७ सय रुपैयाँले बढे

स्थानीय बजारमा सुनको भाउ फेरि उकालो लागेको छ। बुधबार ५ हजार रुपैयाँले बढेको सुन आज १७ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार १७ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी २ हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य १९९० रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन  प्रति तोला सुन १ लाख ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय