back to top
18.2 C
Kathmandu
Saturday, May 17, 2025

नागढुंगामा प्रहरी जवानलाई कुट्ने र कुटाइ खाने खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइए

काठमाडौँको नागढुंगामा प्रहरी जवानलाई कुट्ने र कुटाइ खाने खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शेखर खनालका अनुसार कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेका हुन्।

केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षकले थानकोट बृत्तका एक जवानलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रहरी अधिकारीहरूका अमानवीय भिडियोहरू एकपछि अर्को सार्वजनिक भइरहँदा प्रहरी अधिकारीले नै प्रहरी जवानलाई पिटेको भिडियो सार्वजनिक भएको थियो।

ती प्रहरी निरीक्षकले उक्त प्रहरी जवानले घुस खाएको भेटेपछि पिटेको स्पष्टीकरण आफ्ना सिनियरहरूलाई दिएका थिए।

भिडिओ सार्वजनिक भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरिएको जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय