back to top
18.8 C
Kathmandu
Tuesday, May 20, 2025

जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न, भुगर्भविदले खोज्न सुरु गरे

गत शुक्रबार जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न खानी तथा भुगर्भ विभागको टोली हेटौँडा आइपुगेर काम थालेको छ।

मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम थालेको हो । टोलीले घटना स्थलको भु–बनोट भुमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । खानी तथा भुगर्भ विभागबाट चार जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो ।

विभागका भुगर्भविद नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था माटोको सतह र घटनाको कारण बारे तथ्यांकीय अध्ययन गर्ने बताए ।

घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भुमिगत जलको विषयमा अध्ययन गर्ने गरि केही उपकरण प्रयोग गर्ने तयारी रहेको उनले बताए । टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरि चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उनको भनाइ छ ।

म्याग्नेटो मिटरको आधारमा भुगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक) को अवस्था डिटेक्क्ट (पत्ता लगाउने) उनले बताए ।

गत शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बलेरो गाडी (भ्यान) जमिन भासिएर बेपत्ता भएको थियो ।

ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो ।

लगातार चार दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागी भूगर्भ विद्लाई ल्याएर अध्ययन गर्ने गरि पत्राचार गरेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय