back to top
16.1 C
Kathmandu
Friday, May 2, 2025

पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि रेशम चौधरीलाई पक्राउ गरे: शरद सिंह यादव

जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् ।

उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकिकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।

उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारु मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए ।

‘तत्कालिन अवस्थामा हामीलाई एकिकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौ । यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ । हामी यसको भत्सर्ना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरु बसेर अगाडिको छलफल  बढाउछौ ।’ उनले भने ।

उनले भने, ‘राज्यले पहिचानवादीहरु, थारु, मधेशीहरु, सिमान्तकृत वर्गहरु एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भईरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरु कारण केही थिएन ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय