back to top
18.8 C
Kathmandu
Tuesday, May 20, 2025

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताए

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दु राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए।

उनले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दु राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनको आरोप छ।

उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ। त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो। कसैले हिन्दु राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन।

संसारभरि एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो। अहिले पनि ती अभिलेख र रायहरु हेरियोस् न। नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय