back to top
23.1 C
Kathmandu
Monday, May 19, 2025

बहुदरमाई नगरपालिकाको सभाहलमा होली मिलन समारोह सम्पन्न

रामजी यादव २८ फागुन पर्सा#
बहुदरमाई नगरपालिकाको सभाहलमा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ। बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साह तेलीको अध्यक्षतामा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको हो।

होली मिलन समारोह कार्यक्रममा बिभिन्न बक्ताहरुले शुभकामना दिदै एकआपसमा भएको मनमुटाव लाई बिर्सेर एक आपसमा माया र खुशी साटासाट गरि बहुदरमाई नगरपालिका अन्तर्गतका सम्पुर्ण कर्मचारी ,वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले होली मिलन समारोह कार्यक्रम मनाएको छ।

बहुदरमाई नगरपालिकामा भएको बिकासको कमीकमजोरीलाई नगरप्रमुख साहलाई कार्यपालिका सदस्यहरुले ध्यानाकर्षण गराएका छन। बहुदरमाई नगरपालिकाको सभाहलमा भएको होली मिलन समारोह कार्यक्रममा उपाध्यक्ष सुष्मा कुमारी कुश्वाहा,प्रमुख प्रशासकीय अधिकृत रामबिनय सिंह, स्वास्थ्य शाखा प्रमुख बिदुर उप्रेती, सह-लेखापाल हरि पटेल,जिन्सी शाखा प्रमुख रामबाबु पटेल , वडानं.६का वडाध्यक्ष प्रमोद साह, वडानं ७ का वडाध्यक्ष बिरेन्द्र यादव, वडानं ८का वडाध्यक्ष पुन्नीलाल साह, कार्यपालिका सदस्य लगायत बिभिन्न ब्यक्तीत्वहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय