back to top
23.1 C
Kathmandu
Monday, May 19, 2025

मालपोत बाराका अधिकृत, नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एक कठा जगालाई तीन कठा बनाएर किनबेच गर्ने मालपोत बाराका अधिकृत, नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धानका आयोगले बिहीबार उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको सहायक प्रबक्ता देवीप्रसाद थपालियाले जानकारी दिए।

अख्तियारले मालपोत कार्यालय बाराका मालपोत अधिकृत सुमनप्रसाद चौधरी,तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव,नापी कार्याल बाराका तत्कालीन नापी अधिकृत हाल अवकाश प्राप्त दिनानाथ मिश्र,तत्कालीन सर्वेक्षक हाल नापी कार्यालय पर्सामा कार्यरत नापी अधिकृत शिव बालक शाह,नापी कार्यालय बाराका तत्कालीन सर्वेक्षक सुनिल कुमार झ,जितपुर सिमरा वडा नम्बर ९१३ का लेखापढि ब्यावसायी जयलाल सहनी, जग्गाधनी वडा नम्बर ९१५ बस्ने सुदामा प्रसाद चौधरी थारु र रामपती देवी थरुनीविरुद्ध अख्तियारले भ्रष्टाचार मुदा दायर गराएको उनले बताए।

मुद्दा दायर भएकाहरुले मिलेमतो गरी बाराको साविक डुमरवाना गाविस –६ क को क्षेत्रफल ज.बि. ०९१९० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०९३९१० कायम गरी बिक्री गरेको अख्तियारको भनाइ छ।त्यस्तै क्षेत्रफल ज.बि. ०९२९१० भएको जग्गाको श्रेस्तामा किर्ते गरी क्षेत्रफल ०९६९० कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारा समेतको मिलेमतोमा श्रेस्ता पुर्जा तयार गरी ठगी गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले जनाएको छ।

सबै जनालाई भ्रष्टाचार निवारण ऐन अनुसार जनही एक लाख पचास हजार जरिवाना र कैद हुने मागदाबी लिइएको अख्तियारले जानकारी दिएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय