back to top
19.4 C
Kathmandu
Monday, May 19, 2025

नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै कालोपट्टी बाँधेर आजदेखि धर्नामा उत्रिँदै

नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आज (बुधबार) देखि देशभर आन्दोलन गर्ने भएको छ । संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् ।

संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

संघले जारी गरेको विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुनेछ । सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको छ ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय