back to top
23.1 C
Kathmandu
Monday, May 19, 2025

प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ

झापाको कनकाई नगरपालिका–४ को भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

भारतको बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई हिजो बेलुका गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३० ग्राम ६ सय ९० मिलिग्राम बरामद भएको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनीहरु चढेको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि गोली चलाउनु परेको हो । प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय