back to top
23.1 C
Kathmandu
Monday, May 19, 2025

महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरे

महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।​

नेपालका लागि कप्तान पूजा महतो २३ र सिमाना केसी ४ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भयो ।

मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालका लागि कप्तान पूजा महतोले ४, रचना चौधरीले ३, रीया शर्मा र सीमाना केसीले समान १/१ विकेट लिए ।

४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मलेसियालाई पराजित गरे पनि नेपालको विश्वकप यात्रा समाप्त भइसकेको छ । नेपाल यसअघि बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित बनेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय