back to top
19.1 C
Kathmandu
Wednesday, April 9, 2025

भक्तपुरको मनहरा खोलामा एक पुरुषको शव भेटिए

शुक्रबार बिहान करिब ११:२५ बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ मनहरा स्थित वीपी आँखा अस्पताल नजिक मनहरा खोलामा ती पुरुषको शव फेला परेको हो ।

अन्दाजी ४०/४५ वर्ष जतिको देखिने एकिन नाम थर वतन नखुलेको, अन्दाजी ६ फिट उचाई भएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी, डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

कालो पाइन्ट, कालो सर्ट र एमिनिटी स्कूल तेस्रेटार भक्तपुर लेखिएको स्कुल बेल्ट लगाएको हुलिया भएको डीएसपी नेउपानेले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय