back to top
19.1 C
Kathmandu
Wednesday, April 9, 2025

रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको पक्षमा बहस सुरु

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको तर्फवाट थुनछेक बहस भइरहेको हो। रविको पक्षमा पूर्व महान्यायाधीवक्ताद्धय रमण श्रेष्ठ र सुशील पन्तले बहस गरिरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको पक्षमा बहस सुरु भएको छ।

मंगलबार सार्बजनिक बिदा उनलाई आज अदालतमा उपस्थित गराइएकाे हाे। थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइँ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ।

जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका उनलाई आज अदालतमा उपस्थित गराइएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ। बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न आदेश दिएका हुन्।

उनलाई अदालत परिसरवाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन् भने प्रहरी हिरासतमा जानु अघि उनले सबैलाई ‘स्यालुट’ गर्ने गरिरहेका छन्।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्याले उनीबिरूद्ध मुद्दा दर्ता गरेको हो।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय