back to top
18.7 C
Kathmandu
Tuesday, May 20, 2025

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा सम्पन्न

मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा मिति २०८१ पौष २८ गते, थापागाँउ व्याङकेट, थापागाँउ, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भयो ।

साधारण सभाबाट आ.व. २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भयोे । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ (तीन) जना श्री यादव अधिकारी ज्यु, श्री रामहरी शर्मा ज्यु तथा श्री सुमन प्रसाद अधिकारी ज्यु र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ (एक) श्री सतिश गौतम ज्यु, गरि ४ (चार) जना सञ्चालकज्यूहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित हुनु भयो ।

वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भयोे ।

मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७।५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ ्र यस फाइनान्सको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि २७ वटा शाखा तथा एक बिस्तारित काउन्टर मार्फत देशभरका प्रमुख शहरहरुमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउदै आएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय