back to top
20.1 C
Kathmandu
Saturday, January 4, 2025

नेपाल टेलिकमको नेटवर्कबाट भारतमा कल गर्दा लाग्ने शुल्क घट्यो

नेपाल टेलिकमका नेटवर्कबाट भारतमा कल गर्दा लाग्ने महसुल दर परिमार्जन गरिएको छ । नेपाल टेलिकमले भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरूमध्ये एक्सिस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई गए राति १२ बजेदेखि नै लागू हुनेगरी एक्सिस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३ रूपैयाँ ७६ पैसा कायम गरिएको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । यसका साथै एक्सिस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको प्रवक्ता ढकालले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय