back to top
5.1 C
Kathmandu
Friday, December 27, 2024

केपी ओलीले भ्रष्ट, विचौलिया र दलाललाई काखी च्यापेको भीम रावलको आरोप

नेकपा (एमाले) बाट निश्काषित भएपछि भीम बहादुर रावलले असन्तुष्टि पोखेका छन् । उनले आफूलाई केपी शर्मा ओलीले सत्ताको उन्मादमा कारबाही गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा रावलले आफूलाई एमालेको साधारण सदस्यबाट हटाउने निर्णयलाई अध्यक्ष ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको टिप्पणी गरेका छन् ।

रावलले अघि लेखेका छन्–‘कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमालेविरोधी एवम् विचौलिया दलालहरुलाई काखी च्याप्नेले देशभक्त इमानदार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन् ।’ उनले ओलीको अन्यायपूर्ण निर्णयको एमालेका कार्यकर्ता र देशभक्तबाट हुनेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय