back to top
19.1 C
Kathmandu
Sunday, May 4, 2025

टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा १० जना घाइते

पर्यटकीय टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा स्कार्पियो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहीवार बिहान भोजपुर नगरपालिका ५ बोखिमको डाडाँटोलस्थित प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पियो सडकबाट खस्दा दुर्घटना हुन पुगेको हो।

चालकसहित १० जना सवार उक्त गाडी अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो। घाइते हुनेमा माङ्सेबुङ गाउँपालिका ६, इलामका नविनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले, भोजपुर नगरपालिका ५ की लाक्पादिकी शेर्पा, गौरादह नगरपालिका ७, झापाका झम्कबहादुर घले र देवीकला घले, भोजपुर नगरपालिका ५ की जुनुका राई र रामकुमार राई, धरान २ सुनसरीकी ईहायाराना सुब्बा र धरान ८ सुनसरीका चालक सुदीप लिम्बु रहेका छन्।

घाइतेमद्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल भोजपुर ल्याइएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय